सियोल । सयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सम्भावित साइबर सुरक्षा खतराविरुद्ध आफ्नो संयुक्त तयारी बलियो बनाउन सोमबारदेखि संयुक्त साइबर सुरक्षा अभ्यास सुरु गरेको जनाइएको छ । शुक्रबारसम्म चल्ने साइबर एलायन्स अभ्यास मेरिल्यान्डको एक प्रशिक्षण सुविधामा हुने र यसको उद्देश्य भविष्यको साइबर युद्धका लागि राम्रो ब्रेसिङ गर्ने भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।…