काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्ग शहर नजिकै रहेको एक बारमा गोली चल्दा कम्तीमा ९ जनाको ज्यान गएको छ । जोहानेसबर्ग नजिकैको बेकरसडलमा दुई वटा गाडीमा आएका बन्दुकधारीहरूले ग्राहकहरूमाथि गोली चलाउँदा ७ पुरुष र २ महिलाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बन्दुकधारीहरूले केही मानिसहरूलाई सडकमा जथाभाबी गोली हानेर हत्या गरेको खबरमा उल्लेख…