ह्यामिल्टन (क्यानाडा) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलसम्बन्धी प्रस्तावबारे आशावाद व्यक्त गरेका छन् । उनका अनुसार उक्त प्रस्तावलाई छिट्टै अन्तिम रूप दिने प्रयास सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन् । “यो कार्यान्वयन हुने दिशामा अघि बढिरहेको छ भन्नेमा हामी आशावादी छौँ”, रुबियोले क्यानाडामा सम्पन्न जी-७ विदेशमन्त्रीको बैठकपछि…