काठमाडौं । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेका छन् । प्रधानमन्त्री स्टार्मरले युद्धविराममा सहमति, मानवीय सहायता आपूर्तिको प्रतिबद्धतालगायतका शर्तहरू अघि सार्नुभएको बीबीसीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बेलायतको यस्तो कदमले हमासको आतङ्कलाई बढवा दिने प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ…