राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट जोगियो आमा र शिशुको ज्यान

काभ्रे । काभ्रेको डाँडापारि महाभारत गाउँपालिका–१ गोकुलेबाट गर्भवतीको उद्धार भएको छ । राष्ट्रपति–महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार भएपछि आमा र शिशुको जीवन जोगिएको छ । अस्ति सोमवार बेलुकादेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्य चौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई गाह्रो भएपछि उद्धार गरिएको हो । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्य चौकीबाट रेनुकालाई…