काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाका २३ जना कामदारको उद्धार भएको छ । नेपाल–चीन सीमनाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए । उद्धारको लागी सेनाको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको छ । सेनाले हेलिकप्टरमार्फत २३ जनालाई सुरक्षित स्थानमा सारिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।…