काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्राध्यापक साहित्यकारद्वय डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ। शुक्रबार गोकर्णमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई सम्मान प्रदान गरिएको हो। उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले जनही नगद एक लाख, सम्मान पत्र र दोसल्लासहित पुरस्कार प्रदान गरेका हुन्। साहित्यकारद्वय गोविन्दप्रसाद घिमिरे 'वेदमणि’ तथा…