१० कठ्ठा जमिनमा तरकारी खेती गर्दै वडाध्यक्ष

कञ्चनपुर । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझदेखि अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन् । बेलुका तरकारी टिप्ने र बिहानपख बजार लगेर बेच्ने उनको तीन वर्षदेखिको दैनिकी हो । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ। तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर…