श्रीमतिसँग झगडा गरेर १७ दिनअघि हिडेका कान्छा महर्जन शिवपुरीमा मृत भेटिए

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् । उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका-३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले राससलाई जानकारी दिए । उनी श्रीमतीसँग झगडा परेपछि घरबाट…