पाेखरा । मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट उद्धार गरेको छ। कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप…