५ लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच लाख ७० हजार रुपैयाँ घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ । आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीबाट बिहिबार साँझ पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ…