जडीबुटी–पेप्सीकोला सडकको दायाँबायाँका अवैध संरचना ३५ दिनभित्र हटाउन सूचना जारी

काठमाडौं । सरकारले काठमाडौं जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना खाली गराउने भएको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त सूचना निकालेर सडकको सीमा क्षेत्रभित्र नक्सा पास विना/नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ हटाउन ३५ दिनको अल्टिमेटम दिएको हो । सूचनामा भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ साल मङ्सिर १८ गते…