घुस लिएको एक लाखसहित पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर रु एक लाख घुससहित नियन्त्रणमा लिएको हो ।…