काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाकाे मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ…