काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले सबै मतदाताहरुलाई चिठ्ठी पठाएका छन् । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले आफूलाई मतदान गर्न सबै मतदाताहरुलाई पत्र पठाएका हुन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् । यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ…