दशैं पर्वः हराउँदै मौलिक संस्कृति

रामपुर । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दशैं आएको सङ्केत जनाउदथ्यो। दशैंका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो। पिङ राख्न बेँसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दशैंको उमंग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए। उनका अनुसार गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो। ‘बारीका कान्लामा बाबियो…