मतदान गर्न घोडा चढेर एक दिनको बाटो

गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो। म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा भोट खसाल्न छन्त्याल र उहाँको परिवारसहितको टोली काठमाडौँदेखि बेनीआएर गुर्जा जान थालेको…