काठमाडौं । इन्टरनेटमार्फत सस्तो र सजिलो तरिकाले भिडियो तथा अडियो कल गर्न सकिने सेवा स्काइप मे ५, २०२५ बाट पूर्ण रूपमा बन्द भएको छ। २००३ मा सुरु भएको स्काइप एक समय धेरै नेपालीको लागि विदेशमा रहेका परिवारजन वा साथीभाइसँग जोडिने प्रमुख माध्यम थियो। २०७२ सालको भूकम्पका बेला पनि स्काइपले नेपालीहरूलाई निःशुल्क कल सुविधा दिँदै सघाएको…