काठमाडौं । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी अमेजनले कुइपर परियोजनाअन्तर्गत इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ । अमेरिकी अर्बपति एलन मस्कको स्टारलिङ्कलाई टक्कर दिँदै अमेजनले पहिलो चरणमा २७ वटा स्याटेलाइटको पहिलो समूह प्रक्षेपण गरेको रोयटर्सले जनाएको छ । फ्लोरिडाको केप केनाभेरल स्पेस फोर्स स्टेशनबाट एटलस भी रकेट प्रयोग गरेर ती स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा पठाइएका…