श्रीलंकामा एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट शुरू

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा श्रीलङ्कामा शुरू भएको छ । भूटान र बङ्गलादेशपछि श्रीलङ्का स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा शुरू गर्ने दक्षिण एशियाको तेस्रो देश बनेको छ । स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा श्रीलङ्कामा स्टारलिंकको सेवा शुरू भएको बताएका छन्…