काठमाडौं । भिडिओ सम्पादनका लागि चर्चित एप क्यापकटले हाल वाटरमार्क र विज्ञापनका कारण धेरै प्रयोगकर्तालाई असहज बनाइरहेको छ। यही समस्यालाई ध्यानमा राख्दै फेसबुकको माउ कम्पनी मेटाले नयाँ भिडिओ एडिटिङ एप ‘एडिट्स' सार्वजनिक गरेको छ, जुन अहिले विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क रूपमा उपलब्ध छ। ‘एडिट्स' एप प्रयोग गर्दा वाटरमार्क देखिँदैन र झन्झटिला विज्ञापन पनि आउँदैन ।…