काठमाडौं । धनतेरसमा सुन र चाँदीका सिक्का (असर्फी) किन्न बबरमहलमा रहेको राष्ट्र बैंकको महाशाखा मुद्रा व्यवस्थापन विभागमा सर्वसाधारणको भीड लागेको छ । असर्फी किन्नका लागि आज बिहान ६ बजेदेखि नै लाइन लागेको थियो । राष्ट्र बैंकले २ दशमलव ५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ ।…