बाग्लुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा जैविक विविधता संरक्षणमा बढ्दै गएको चुनौती सामनाका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको शिक्षा क्षेत्रका विज्ञले बताएका छन् । शिकार आरक्ष वरपर रहेका निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका विद्यालयका…