म्याग्दी । मालिका गाउँपालिका-४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले ६५३ मिटर पक्की नहर निर्माण र तीन…