काठमाडौँ । केही दिन यताको लगातार वृद्धिसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो । बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि…