मेलम्ची खानेपानी आयोजनाको मर्मत १० दिनभित्र सकिने

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको…