बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना हो । बाराका किसानका लागि पर्याप्त सिँचाइ छैन, सुनकोशी मरिन डाइर्भसनले…