काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सबमा बोल्दै मन्त्री डा. महतले भने, ‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ । यस विषयमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ ।’ अर्थमन्त्री महतले आर्थिक पत्रकारहरुमा व्यवसायिकताको विकास भएकोमा खुशी व्यक्त गरे ।…