घरमै अरिङ्गाल पालन आम्दानीको बैकल्पिक स्रोत

गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकाका विभिन्न ठाऊँका किसानले घर घरमै अरिङ्गाल पाल्न थालेका छन् । वडा नम्वर ४, ५ र ६ का केही किसानले अरिङ्गालले जंगलमा बनाएको गोलालाई घर छेऊमा लगेर पाल्ने गरेका हुन् । अरिङ्गालको लार्भा तारेर सितनको रुपमा खानेहरु बढ्दै गएपछि आयआर्जनको वैकल्पिक स्रोतका रुपमा सो क्षेत्रका किसानले अरिङ्गाल पाल्न थालेका हुन्…