पाेखरा । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा आज पोखरामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका यातायात कार्यालयका प्रमुखहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ३० प्रतिशत बढी राजस्व सङ्कलन गरेको तथ्याङ्क प्रस्तुत गरेका…