एटीएमको ढोका खुला राख्न बैङ्कहरूलाई राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूलाई एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको छ । कोभिड–१९ सङ्क्रमण बढेपछि सोमबार बैङ्कहरूलाई चार बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले बैङ्कका शाखा कार्यालयहरूमा भौतिक दूरी कायम गर्न भनेको छ भने सङ्क्रमण सर्न सक्ने भन्दै एटिएमका ढोकाहरू खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कले सभा, समारोह वा सेमिनार गर्दा…