काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको…