काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यता, तेजाबी सुन प्रतितोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन तोलाको ९९ हजार…