काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा बिचौलियाको प्रयोग गरेर करका दर हेरफेर गरेको आरोपका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाने भएको छ । समितिका एक सदस्यले दिएको जानकारी अनुसार बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जादैँ छन् ।…