मदन भण्डारी राजमार्ग : डेढ वर्षमा एक भाग काम

सुर्खेत ।  मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको २५ प्रतिशत काम भएको छ । करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। सुर्खेतको धुलियाबिट–भेडाबारी सडकखण्ड ३५ किलोमिटर रहेको छ। यो सडकखण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरी कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको…