काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र थप संकटग्रस्त अवस्थामा गइरहेको देखाएको हो । ‘रुस–युक्रेन युद्ध, बढ्दो ऊर्जा र खाद्यान्न संकट, कोभिड रोकथामका लागि चीनले अन्तर्राष्ट्रिय व्यापारमा लगाएका…