हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, ७९ लाखको बजेट

हेटौंडा । बागमति प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८०का लागि २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ । नेकपा एमालेले बहिष्कार गरेपश्चात् असार १० गते बजेट ल्याउन नसकेको उपमहानगरले आइतबार ११ औं नगरसभाको दोस्रो बैठकमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।…