काठमाडौं । छिमेकी देश भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी जारी हुन थालेको छ । यहि जेठ २५ गतेदेखि विद्युतीय राहदानी जारी गर्न थालेको दूतावासले विज्ञप्तिमार्फत जानाएको छ । भारतमा रहेका नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी लिन सक्नेछन् । दूतावासका अनुसार अब विद्युतीय राहदानीका लागि पुरानो अथवा हस्तलिखित राहदानी र विदेशस्थित…