लाभांश वितरण गर्दै अपी पावर कम्पनी

काठमाडौं । अपी पावर कम्पनीको आज आइतबार साधारण सभा बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ ।  साधारण सभामा कम्पनीले बोनस सेयर ७.५० प्रतिशत र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने…