काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गरेको छ । विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन अनुचित भएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा नधकेल्न अनेरास्ववियुले माग…