काठमाडौँ । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ। महासंघले सोमबार विज्ञप्ति जारी गरी विगतका भएका सहमतिअनुसार विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधान समावेश गर्न राज्य पक्ष गम्भीर र जिम्मेवार नदेखिएको भन्दै आन्दोलनको चेतावनी दिएको हो। विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिहरूलाई बङ्ग्याउने, तोडमोड गर्ने तथा…