उनको स्विटर ‘हेर्न नछुटाउनुस्’

काठमाडौं । नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौंको एक सिनेमा हलमा चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताए ।…