नयाँ दिल्ली । इन्डियन आइडलका विजेता उत्तराखण्ड निवासी पवनदीपको अमरोहामा दुर्घटना पछि हाल उपचार भइरहेको छ। यो घटना गत आइतबार राति भएको थियो र सोमबार पवन दीपलाई गम्भीर अवस्थामा नोएडाको सेक्टर–६२ स्थित फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो। मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको छ । यसपछि पनि पवनदीपको अवस्था स्थिर रहेको जनाइएको छ।…