काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्य भएको जानकारी दिइन् ।…