धनगढी । सुदूरपश्चिमका चारजनामा ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि भएको छ । १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ…