काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले कुटपिट गरेका हुन् । थप जाँचका लागि सिनियर डाक्टर आउँदै हुनुहुन्छ भन्दाभन्दै बिरामीका आफन्तहरूले…