सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । मुम्बईमा सांसद भण्डारीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको जानकारी दिएका हुन् । सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्र नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।भण्डारीको शरीरबाट ज्वरो पनि हटेकाे बताइएकाे छ…