काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले आफ्नो लक्ष्य नेपाललाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप जिताउने रहेको बताएका छन् । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सञ्चारार्कीसँगको भोटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । एरिनाले विगतमा भएका गल्तीहरूलाई नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आफू साफ च्याम्पियनसिप जिताउने लक्ष्यका साथ नेपाल आएको बताए ।…