आजबाट लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन सुरु हुँदै

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट सुरु हुँदैछ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् ।…