काठमाडौं । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किङ्ग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न काठमाण्डौ आइपुगेका छन् । ४१ वर्षीय डु प्लेसिस केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई विमानस्थलमा विराटनगर किङ्ग्सका प्रतिनिधिले स्वाग गरे । डु प्लेसिसले अब विराटनगरका बाँकी खेलहरू खेल्नेछन् । एनपीएलमा भोलि दुई वटा खेल हुँदैछन् ।…